काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटघाट भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली देउवालाई भेट्न देउवा निवासमा पुगेका थिए । जेनजी आन्दोलनपछि बूढानिलकण्ठस्थित निवास पूर्ण रुपमा क्षति भएपछि देउवा हाल धुम्बाराहीस्थित एकघरमा बसिरहेका छन् ।
शुक्रबार अपरान्ह ओली देउवालाई भेट्न धर्मपत्नी राधिका शाक्यका साथ पुगेका थिए । भेटमा देउवापत्नी एवं नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको समेत उपस्थिति रहेको थियो ।
जेनजी आन्दोलनपछि ओली र देउवाबिच भौतिक रुपमा सम्भवत पहिलोपटक भेट भएको हो ।
भेटका क्रममा ओली–देउवाबिच पछिल्लो राजनीतिक घटनाक्रम, जेनजी आन्दोलनपछिको परिस्थिति, सरकारको कामकारबाही र आगामी निर्वाचनबारे समेत छलफल भएको थियो ।
त्यसो त जेनजी आन्दोलन हुँदा ओली सरकारको नेतृत्वमा थिए भने सरकारलाई संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको साथ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया