काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री डा.मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई उच्च प्राथमिकतासाथ अघि बढाइरहेको बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित १२औँ विश्व माटो दिवसको अवसरमा बोल्दै उनले माटो परीक्षण, सन्तुलित मल प्रयोग र किसानको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई सरकार निरन्तर अघि सारिरहेको स्पष्ट गरे ।
मन्त्री परियारका अनुसार केन्द्रीय कृषि प्रयोगशालाले देशभरका किसानलाई माटो तथा मल परीक्षण सेवा प्रदान गर्दै आएको छ । साथै कृषि विभाग, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र र प्रदेशस्तरीय प्रयोगशालाहरूको समन्वयमा देशभरको माटो परीक्षण गरी ‘डिजिटल माटो नक्सा’ अद्यावधिक गर्ने कार्य तीव्र रूपमा चलिरहेको छ ।
उनले माटो परीक्षणमार्फत प्राप्त सूचनाका आधारमा किसानले आफ्ना खेतको उर्वरत्व बुझ्न सक्ने र आवश्यक मात्रामा सन्तुलित मल प्रयोग गर्न सकिने बताए ।
यससँगै रासायनिक तथा प्राङ्गारिक मल व्यवस्थापन, प्राविधिक क्षमता अभिवृद्धि र किसानलाई आवश्यक तालिम तथा सहयोग प्रदान गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै आएको मन्त्री परियारले उल्लेख गरे ।
परियारले सरकारले माटो संरक्षण र दिगो कृषि उत्पादनलाई दीगो बनाउने लक्ष्यसहित ठोस योजनाका साथ काम गरिरहेको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया