नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै काम गर्न सकिँदैन : मन्त्री गुप्ता

लोकपथ
98
Shares

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर भए पनि उपलब्ध स्रोत र साधनको प्रभावकारी प्रयोगमार्फत अघि बढ्नुपर्ने बताएका छन् ।

शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले ट्राफिक सुरक्षा सुधारका लागि आवश्यक संरचना जडान र व्यवस्थापनमा आर्थिक सीमितता रहेको स्पष्ट पारे । तर, उनले ट्राफिक नियम पालन र व्यवहारमा कार्यान्वयन गरिनु आवश्यक भएको जोड दिए ।

मन्त्री गुप्ताले भने, ‘ट्राफिक नियम आफ्नो जीवनमा लागू गरौँ। ट्राफिकप्रति सकारात्मक दृष्टिकोण र एक अर्काप्रति विश्वास भएमा मात्र सुधार सम्भव छ। सरकार आर्थिक रूपमा कमजोर भए पनि भएका स्रोत र साधनको सदुपयोग गरिराख्नु जरुरी छ ।’

उनले स्रोत र साधनको सही प्रयोग र सकारात्मक दृष्टिकोण अपनाए सबै काम सफल हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?