मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेस गरिँदै

लोकपथ
154
Shares

काठमाडौं। मधेश प्रदेशका राजनीतिक दलहरूले आज नयाँ सरकारको नेतृत्वमा दाबी पेस गर्ने तयारी गरेका छन्। प्रदेश प्रमुख सुरेन्द्र लाभले साँझ ५ बजेसम्म दाबी पेस गर्ने समय तोकेपछि दलहरू सक्रिय भएका हुन्।

एमालेबाहेकका सात दलको गठबन्धनले लामो छलफलपछि सहमति नजिक पुगेको हुन् ।  गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, जसपा नेपाल, जनमत, लोसपा, नेकपा एस र नाउपा रहेका छन् ।

गठबन्धनले मुख्यमन्त्रीका लागि लोसपाका जितेन्द्र सोनल र कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई दाबेदार बनाएको छ । मधेश प्रदेशमा कुल १०७ सांसद छन् र बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ। गठबन्धनसँग ७३ जना सांसद रहेका छन् ।

एमालेका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएसँगै सभामुखको पद पनि खाली छ । यसअघि सरोजकुमार यादवले विश्वासको मत पाउने सम्भावना नदेखिँदा मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?