काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवार आवेदन खुला गरेको छ ।
पार्टीले बिहीबार एक सूचना जारी गर्दै समानुपातिक प्रणालीअन्तर्गत उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा सुरु भएको प्रवक्ता मनिष झाले बताए ।
उम्मेदवार छनोट समितिका संयोजक विपीनकुमार आचार्यद्वारा जारी सूचनाअनुसार आवेदन शुल्क ५० हजार रुपैयाँ तोकिएको छ । योग्यता पुगेका इच्छुक पार्टी सदस्यले रास्वपाको मोबाइल एप प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन् ।
आवेदन दिने समय मंसिर २२ गतेदेखि २५ गतेसम्म रहने र विस्तृत रूपरेखा तथा आवश्यक विवरण पार्टीको वेबसाइटमा उपलब्ध गराइएको रास्वपाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया