एनपीएल : काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश, पोखराको सम्भावना कठिन

लोकपथ
469
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु गोर्खाज प्लेअफमा प्रवेश गरेको हो । काठमान्डुले ७ खेलबाट ५ जितसहित प्लेअफमा स्थान बनाएको हो ।

चौथो हारसँगै पोखराको भने प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ ।

यसअघि सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । थप दुई टोलीले प्लेअफमा स्थान बनाउनेछ । 

काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?