ईश्वर पोखरेलसहितका नेताले गुण्डु पुगेर ओलीलाई भेटे

लोकपथ
1.5k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने घोषणापछि अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा भेटवार्ता गरेका पोखरेलसहित अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईले आफ्नो पक्षमा खुलेका पदाधिकारीहरूसँग छलफल गरेका हुन् ।

महाधिवेशन प्रतिनिधि चयनको विषयमा विवाद देखिएका जिल्लाहरूको अवस्था र त्यसको समाधानका उपायबारे छलफल गर्न पोखरेलको टोली गुण्डु पुगेको भेटवार्तामा सहभागी एक नेताले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?