काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौँ महाधिवेशनमा केपी शर्मा ओली फेरि अध्यक्ष बन्ने दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव रिमालले पार्टीले ओलीलाई फेरि अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन् । उनले महाधिवेशन प्रतिनिधि चयनमा देखिएका गुनासो पार्टीले चाँडै सम्बोधन गर्ने पनि बताए ।
उपमहासचिव रिमालले भने, ‘टीममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाइनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । साथीहरूले लेखेर राख्नु भए पनि हुन्छ, छाप्नु भए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ भन्दाखेरी केपी शर्मा ओली नै अध्यक्ष हुन्छ।’
उनले थपे, ‘नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमतीमै हुने अवस्था छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया