काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, जेनजी प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा निर्वाचन आयोगका पदाधिकारीलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।
निर्वाचनसम्बन्धी समग्र तयारी, आवश्यक वातावरण निर्माण, सुरक्षा योजना तथा सम्भावित चुनौतीहरूको साझा मूल्यांकन बैठकको मुख्य एजेन्डा रहने जनाइएको छ ।
आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन सरकारले आवश्यक पूर्वाधार तथा सुरक्षा व्यवस्था तयारीमा तीव्रता दिएको छ । निर्वाचन नजिकिँदै गर्दा राजनीतिक सहमति र समन्वयलाई मजबुत बनाउन प्रधानमन्त्री कार्की सक्रिय रूपमा संवादमा जुटेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया