एनआईसी एसिया बैंकका २ वटा शाखा सञ्चालनमा

कैलाली, २२ कात्तिक । कैलालीको जोशीपुर गाउँपालिका वडा नंं. २ र जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ मा गरि एनआईसी एसिया बैंकले २ वटा शाखा सञ्चालनमा ल्याएको छ शाखा सञ्चालन, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैंक भएको बैंकको दाबी छ बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजनालाई अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?