काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सिन्धुपाल्चोक घर भएका तामाङले अध्यक्ष केपी शर्मा ओलीको समर्थन गर्दै उपमहासचिवको दाबी अघि सारेका हुन् । उनी पहिले मन्त्रीसमेत रहिसकेका छन्।
वर्तमानमा स्थायी कमिटी सदस्य रहेका तामाङले महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा हुने देखेपछि अध्यक्ष ओलीको प्यानलबाट उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् ।
तामाङले पार्टीको संगठन मजबुत पार्न र आगामी रणनीतिमा सक्रिय भूमिका निर्वाह गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया