कैलाली सीमा नाकामा सुरक्षा कडाइ

लोकपथ
119
Shares

कैलाली । कैलालीसँग जोडिएका नेपाल–भारत सीमा नाकामा सुरक्षा कडाइ गरिएको छ । जिल्लास्थित सीमा नाकाबाट भारततर्फबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको जाँचलाई सघन बनाइएको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार, परिचय नखुलेका शंकास्पद व्यक्ति वा समूह अवैध रूपमा प्रवेश गर्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै सुरक्षा निकायहरूले जाँचलाई कडाइका साथ सञ्चालन गरिरहेका छन् ।

उनले भने, ‘सुरक्षा चुनौतीको दृष्टिले जाँच कडाइ गरिएको हो । शंकास्पद व्यक्ति वा समूह जिल्लाभित्र प्रवेश गरेको देखिएमा नजिकको सुरक्षा निकायमा जानकारी गराइ सहयोग गर्न सबैमा अनुरोध गरिन्छ ।’

साथै, अपरिचित व्यक्ति वा समूहलाई आफ्नो घरमा बसोबास नगराउन र कुनै कामकाजमा नलगाउन पनि प्रशासनले स्थानीयहरूलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?