उज्यालो नेपाल पार्टीलक्षित महासचिव पोखरेलको कटाक्ष : ‘योजना बनायो एउटाले, पार्टी खोल्यो तेस्रोले’

लोकपथ
798
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुलमान घिसिङको उपस्थितिमा घोषणा भएको उज्यालो नेपाल पार्टीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत अप्रत्यक्ष रूपमा विपक्षीलाई संकेत गर्दै उज्यालो नेपालको योजनामा श्रेयको विवाद भएको उल्लेख गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध ‘उज्यालो नेपाल’को योजना बनाउने एउटै, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना, उसैले श्रेय पाउने कहिले हो ?’

पोखरेलको यो टिप्पणीलाई नयाँ गठन भएको पार्टीप्रतिको प्रतिक्रिया मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?