काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको नेताबाट राजकुमार शर्माले राजीनामा दिएका छन् ।
पूर्वमुख्यमन्त्री समेत रहेका शर्माले प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा बुझाएका हुन् ।
उनले जिसीलाई ह्वाट्सएपमा आफू संसदीय दलको नेतामा नरहने भन्दै राजीनामा पठाएका हुन् ।
‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँदछु,’ उनले भनेका थिए ।
त्यसो त आजै प्रमुख सचेतक जिसीको नेतृत्वमा बसेको बैठकले उनको राजीनामा समेत स्वीकृत गरेको छ ।
उनले आफूले के कारण राजीनामा दिएको भन्ने खुलाएका छैनन् । गत निर्वाचनमा शर्मा रुकुम पश्चिम (ख) बाट निर्वाचित भएका थिए ।
उनी माओवादी केन्द्र छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी खोलेका जनार्दन शर्माका नाताले भाई पर्छन् । जनार्दनले पार्टी छाडेपछि उनी जनार्दनलाई साथ दिने संकेत देखाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया