मधेस प्रदेशका मुख्यमन्त्री यादवले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

लोकपथ
616
Shares

काठमाडौं । मधेसका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिन नपाउँदै राजीनामा दिएका छन् । 

विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामाको घोषणा गरेका हुन् । 

सदनमा एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूका अतिरिक्त अन्य दलका प्रदेशसभा सदस्यहरू मुख्यमन्त्री यादवको मन्तव्यकै क्रममा बाहिरिएपछि विश्वासको मत नपाउने देखेर राजीनामा घोषणा गरेका हुन् । 

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठुलो दलको हैसियतमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कात्तिक २३ गते नियुक्ति गरेपछि ७ दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । 

सो रिटको सुनुवाइ गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टा भित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशअनुसार आज विश्वासको मत लिनकालागि मधेस प्रदेशसभाको बैठक आह्वान गरिएको थियो । 

मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि अब प्रदेशमा सर्वोच्चको परमादेश अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम फेरी सरकार गठनको बाटो खुलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?