काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति लड्ने घोषणा गरेका छन् ।
महामन्त्री थापाले एक टेलिभिजनका लागि दिएको अन्तर्वार्तामा आफू पार्टीको १५औँ महाधिवेशनमा सभापति लड्ने घोषणा गरेका हुन् ।
यसअघि नै आगामी महाधिवेशनमा थापा सभापतिमा लड्ने चर्चा चलिरहेको थियो, यद्यपि उनले मुख खोलेका थिएनन् ।
आगामी महाधिवेशनमा तपाईँ सभापतिमा लड्ने हो ? भन्ने पत्रकारको प्रश्नमा गगनले भनेका छन्, ‘त्यसमा त डाउट नै भएन नि । मलाई यसअघि सोधिएका प्रश्नमा किन भनेको थिइन् भने, अरे बाबा अधिवेशनको डेट नै घोषणा भएको छैन, के भनेर घोषणा गर्ने । अब भन्छु म १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो । मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरुले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ,’ उनले भनेका थिए ।
त्यसो त पार्टीको १३औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थापा १४आँै महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए । त्यस्तै गत निर्वाचनपछि वर्तमान सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा समेत प्रतिष्पर्धा गरेका थिए ।
यता कांग्रेसले आगामी पुस २६, २७ र २८ गते पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया