काठमाडौं । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा उनलाई पक्राउ गरिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, उनलाई बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको हो ।
यसअघि सीआईबीले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि बैंकिङ कसुर ऐनअनुसार पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया