काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा १८ वर्ष उमेर पुगेपछि मात्र काम गर्न पाउने वर्तमान कानुनी व्यवस्था संशोधन गर्नुपर्ने भन्दै १६ वर्ष उमेर पुगेका व्यक्तिलाई काम गर्ने अधिकार दिलाउने कानुनी प्रावधान आवश्यक रहेको बताएका छन् ।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले अमेरिकासहितका विभिन्न देशमा १६ वर्षमै काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्षको सीमा कायम भएकाले दुई वर्ष युवाहरू ‘कामविहीन’ बन्न बाध्य हुने टिप्पणी गरे ।
उनका अनुसार करिब ६० लाख नेपाली युवा विदेशमा श्रम गरेर पठाएको रकमले देशको अर्थतन्त्र चलेको छ तर राज्यले स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न सकेको छैन ।
गौतमले भने, ‘१६ वर्ष पुगेका व्यक्तिले पनि काम गर्न सक्छन् । अमेरिकामा सक्छ, अन्य देशमा सक्छन् । नेपालमा मात्र १८ वर्ष कुर्नुपर्ने किन ? युवाहरूलाई स्वदेशमै अवसर दिने हो भने १६ वर्षमै काम गर्ने कानुनी व्यवस्था आवश्यक छ ।’
सरकारले ऋणमाथि ऋण थप्दै जानेभन्दा दिगो रोजगारीको वातावरण बनाउनु प्राथमिकता हुनुपर्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया