चलचित्र ‘रोमियो’ कात्तिक २४ गतेबाट देशभर प्रदर्शनमा

काठमाडौं, २२ कात्तिक । यहि कात्तिक २४ गते शुक्रबारबाट रिलिज हुने चलचित्र ‘रोमियो’ सबै उमेर समूहले हेर्न पाउने भएका छन् । चलचित्र ‘रोमियो’ लाई सेन्सर बोर्डले ‘यू सर्टिफिकेट’ दिएको छ शंकर कार्कीको निर्देशनमा तयार पारिएको चलचित्रमा निशा अधिकारी, ओसिमा बनु, हसनराजा खान र मेलिना मानन्धरको मुख्य भूमिका रहेको छ त्यस्तै, यस चलचित्रमा नायिका निशा अधिकारलाई ‘कल गर्ल’ को भूमिकाको रुपमा देख्न पाइने छ । साथै उनै, निशासँग हसनको प्रेम कथालाई पर्दामा देखाइएको छ । साथमा, यी दुईको प्रेममा आउने बाधा–अर्चन, मित्रता र विछोडको कथालाई निर्देशक कार्कीले पर्दामा देखाउने भएका छन् चलचित्र ‘रोमियो’मा समावेश गरिएको ‘ल्याङ–ल्याङ’ बोलको गीत अहिले चर्चा रहेको छ । यस चलचित्रको गीत र कथावस्तुका कारण दर्शकले अत्यधिक मन पराउने विश्वास हसनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?