राजीनामा दिने तयारीमा मधेशका मुख्यमन्त्री यादव

लोकपथ
798
Shares

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् ।

बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले आफ्नो राजीनामा घोषणा गर्ने तयारी गरेका हुन् । 

उनले आफ्नो पक्षमा बहुमत नपुग्ने निश्चित भएको कारण राजीनामा दिन लागेका हुन् ।

यसअघि सोमबार साँझ सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिन आदेश दिएको थियो । त्यसपछि आज बिहानै प्रदेशसभा बैठक बोलाइएको थियो । तर सत्तापक्षकै सांसदहरू अनुपस्थित भएपछि बैठकलाई पछि सारेर दिउँसो २ बजे राखिएको हो ।

यसअघि मुख्यमन्त्री रहेका जितेन्द्र सोनलले राजीनामा दिएपछि संविधानको धारा १६८ (३) अनुसार एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर उनको नियुक्ति विरुद्ध सर्वोच्चमा मुद्दा परेपछि प्रदेशको राजनीति झन् जटिल बनेको थियो । यही विवादसँगै सरकारले प्रदेश प्रमुख भण्डारीलाई फिर्ता गरेको छ भने सभामुख रामचन्द्र मण्डल पनि हटिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?