काठमाडौं । एमाले सरकारमा मन्त्री बनेकी राप्रपा मधेश प्रदेशकी सांसद कञ्चन बिच्छा पार्टीको सिफारिसमा पदमुक्त भएकी छन् ।
कञ्चन बिच्छा कात्तिक २४ मा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा वनमन्त्री बनेकी थिइन् ।
तर पार्टीले सरकारमा जान नदिने निर्णय गरेकोमा उनले अटेर गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो ।
जवाफ नपुगेपछि पार्टीले उनलाई साधारण सदस्य समेत नरहने गरी सांसदबाट फिर्ता बोलाउने सिफारिस गरेको थियो ।
कार्य परामर्श समितिको सहमति अनुसार बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका कारण पदमुक्तिको सूचना भोलि टाँस गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया