मकवानपुरमा कन्टेनरसँग मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, १ घाइते

लोकपथ
266
Shares

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, बस्तिपुरमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा जाँदै गरेको ना ५ ख ३५८७ नम्बरको कन्टेनर सडकमा बिग्रिएर रोकिराखिएको अवस्थामा बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल गए राति करिब ११स४० बजे ठोक्किएको थियो ।

मोटरसाइकल चालक, मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारी गम्भीर घाइते भएका थिए र उनलाई मध्यराति १२स्१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा लमजुङ, बेसीशहर नगरपालिका–१०, पासाचौरका ४८ वर्षीय भवरजंग गुरुङ घाइते भएका छन् । उनको बायाँ खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनी हाल मकवानपुरमा उपचाररत छन् ।

घटना थाहा पाएपछि इलाका प्रहरी कार्यालय नेवारपानीबाट ट्राफिकसहितको टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक उद्धारपछि घाइतेहरूलाई अस्पताल पुर्‍याइएको थियो ।

कन्टेनर चालक, पर्साको धोबिनी गाउँपालिका–२ का २४ वर्षीय राजवली रामलाई प्रहरीले नियन्त्रणमा लिएको छ र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?