मेची भन्सार कार्यालय : आयात बढ्दा निर्यात घट्यो

लोकपथ
56
Shares

झापा । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट  १६ अर्ब दुई करोड पाँच लाख मूल्य बराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा  १४ अर्ब २८ करोड ८७ लाख बराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा  सात अर्ब ९६ करोड सात लाख बराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा  आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए । 

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट  पाँच अर्ब ४६ करोड एक लाख  ९८ हजार राजस्व संकलन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?