काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक, राजनैतिक र आर्थिक अधिकार प्रवर्द्धनका लागि आफ्नो पार्टीले निरन्तर काम गर्दै आएको बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमार्फत ओलीले सामाजिक सुरक्षा भत्ता मात्रै पर्याप्त नभएको र समाजमा विद्यमान नकारात्मक व्यवहार परिवर्तन गर्न राजनीतिक तथा सामाजिक आन्दोलन आवश्यक रहेको बताए ।
उनका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई संगठित गर्दै नेतृत्व भूमिका प्रदान गर्ने, उनीहरूले उठाउँदै आएका मागहरू नीतिगत रुपमा समावेश गर्ने तथा अधिकार सुनिश्चितताका लागि एमाले प्रतिबद्ध छ ।
सन्देशमा अध्यक्ष ओलीले भनेका छन्, ‘अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनका लागि व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुद, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ ।
ओलीले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर उकास्ने उद्देश्यले राज्यका नीतिहरूलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया