काठमाडौं । नयाँ दल खोलेर दलीय राजनीतिमा आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई उर्फ हर्क साम्पाङ यतिबेला चुनावी अभियानमा छन् ।
केही हप्ताअघि निर्वाचन आयोगमा श्रम संस्कृती पार्टी दर्ता गराएरका हर्क यतिबेला पूर्वका विभिन्न जिल्लामा पुगेर पार्टीको प्रचार गरिरहेका छन् ।
गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट मेयर बनेपछि राजनीतिमा उदाएका हर्क श्रमदान अभियानबाट थप चर्चामा आए । माटो चुनाव चिह्न लिएर आगामी चुनावमा जाने घोषणा गरेका हर्कले मंगलबार पत्रकार सम्मेलन गरेर आफ्ना एजेण्डा र शिद्धान्तको बारेमा थप प्रष्ट पारेका छन् ।
पूर्वका विभिन्न जिल्लामा पुगेका हर्कले यतिबेला राम्रो समर्थन पाइरहेका छन् । त्यतिमात्र होइन उनले आफ्नो पार्टीको मुख्य दर्शन नै ‘हर्कवाद’ रहेको घोषणा गरे ।
आफ्नो शिद्धान्त जारी गर्दै हर्कले भनेका छन्, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्न सक्दछ र त्यो अवस्था प्राप्त गर्न अनिवार्य श्रम र श्रमदान गर्नुपर्दछ । अनिवार्य श्रम र श्रमदाताको नीति र निरन्तर अभ्यासले मात्रै अभाव, गरिबी, विभेद र त्यसबाट उत्पन्न द्वन्द्व, लडाइँ विनास र अशान्तिको अन्त्य गर्न सकिन्छ भन्ने मूल राजनीतिक दर्शन हो हर्कवाद ।’
पटकपटक आफूले कार्यकर्ता भन्दा श्रमदाता बनाउने अभिव्यक्ति दिने गरेका हर्कले मंगलबारको पत्रकार सम्मेलनमा भनेका छन्,‘हाम्रो पार्टीमा कोही नेता र कोही कार्यकर्ता हुने छैनन् । हाम्रोमा सबै श्रमदाता मात्रै हुन्छन् । म नेता भएर ठूलो कुर्सीमा बस्ने होइन, श्रम गर्दै हिलोमा, धुलोमा भेटिनेछु ।’
हर्कको कामले देशभरी चर्चा पाइरहँदा उनले राजनीतिक दल खोल्नेबारे समेत चर्चा चलिरहेको थियो । तर जब जेनजी आन्दोलनपछि देशले नयाँ मोड लियो तब हर्कको दल खोल्ने चर्चा वास्तविकतामा परिणत भयो । यानेकी उनले नयाँ दल खोले अहिले अभियान चलाइरहेका छन् ।
उनै साम्पाङले कोशी प्रदेशका पहाडी इलाकामा ठूला–ठूला सभा आयोजना गरिसकेका छन् । घरी रोएर, घरी भावुक आह्वान गरेर अनि कतै गीत गाएर सर्वसाधारण आकर्षित गरिरहेका उनले पछिल्लो महिना दिनयता मात्रै कोशीका ८ ठाउँमा ठूला जनसभाहरू गरिसकेका छन् । भने अन्य राजनीतिक दलको भन्दा फरक शैली रहेका कारण उनको खोजी देशभर भइरहेको छ ।
हरेक दल र नेताको परीक्षण खास निर्वाचनमा हुने गर्दछ । स्वतन्त्र मेयर हुँदै पार्टी खोलेर राजनीतिमा होमिएका र पार्टीलाई नै आफ्नै नाम अनुसार ‘हर्कवाद’ मा परिणत गरेका हर्क, उनको दल र उनको हर्कवादको आगामी निर्वाचनमा परीक्षण हुनेछ । परीक्षणमा हर्कको अभियान सफल भएमा श्रम संस्कृतीले पनि तिव्रता पाउने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया