३५ हजारमै काठमाडौं-श्रीलंका हुँदै बैंककको दुईतर्फी टिकट !

९० हजारमै दुई देश घुमेर फर्कने यस्तो छ टुर प्याकेज

लोकपथ
203
Shares

काठमाडौं । अब केवल ३५ हजार रुपैयाँमै काठमाडौंदेखि श्रीलंका र बैंककको दुईतर्फी टिकट पाइने भएको छ । कान्तिपुर होलिडेजले श्रीलंकन एयरलाइन्ससँगको सहकार्यमा यस्तो टिकट उपलब्ध गराउन लागेको हो ।

होलिडेजका अनुसार श्रीलंका र थाइल्यान्ड घुम्न चाहने पर्यटकका लागि यो अत्यन्तै सस्तो टिकट रहेको र यसले समग्र टुरलाई नै सस्तो बनाउने छ । यो टिकट प्राप्त गर्नका लागि श्रीलंकामा कम्तीमा एक रात भने बस्नुपर्नेछ ।

कान्तिपुर होलिडेजले ६ रात ७ दिनको श्रीलंका र थाइलाण्डको टुर प्याकेजसमेत ८९ हजार ९९९ रुपैयाँमै उपलब्ध गराउने जनाएको छ ।

९९ प्रतिशतभन्दा बढी श्रीलंकन सरकारको सेयर स्वामित्व रहेको श्रीलंकन एयरलाइन्सले आफ्नो देशको पर्यटन प्रवर्द्धनका लागि सस्तो मूल्यमा दुईतर्फी हवाई टिकट उपलब्ध गराउन लागेको हो ।

हवाई टिकटमा भारी छुट दिएर देशको पर्यटन क्षेत्र चलायमान बनाउन यस्तो अफर ल्याएको हो ।

यो प्याकेज अनुसार काठमाडौंबाट सुरुमा श्रीलंकाको राजधानी कोलम्बो पुगिने छ । त्यहाँबाट सिधै थाइल्यान्डको राजधानी बैंकक लगिनेछ ।

टुर प्याकेजमा जान चाहनेहरूका लागि बैंककबाट पटाया लगी पहिलो दिन त्यहाँको होटेलमा राखिनेछ ।

दोस्रो दिन बिहानै होटेलमा ब्रेकफास्ट गरेर पटायाबाट कोरल आइल्याड टुरमा लगिनेछ । अपराह्न करिब ३ बजे कोरल आइल्याण्ड टुर सकेर फर्केपछि इन्डियन लन्च उपलब्ध हुनेछ । बाँकी समय पटायामा बिताउन सकिनेछ ।

तेस्रो दिन बिहान पटायाको होटेलमा ब्रेकफास्ट गरेर बैंकक प्रस्थान हुनेछ । बैंककमा दिनभर सिटी टुर गरेर साँझ होटेलमा पुगिनेछ ।

चौथो दिन बिहान बैंककको होटेलमा ब्रेकफास्ट गरेर आफ्ना लागि सपिङ वा अन्य घुमघाम गर्न सकिनेछ । रात बैंकककै होटेलमा बास हुनेछ ।

पाँचौँ दिन बिहान होटेलमा ब्रेकफास्ट गरेर श्रीलंकातर्फ प्रस्थान हुनेछ । बैंककबाट श्रीलंकाको राजधानी कोलम्बो पुगेर त्यहीँ स्थानीय घुमघाम र थ्री स्टार होटेलमा बास बसिनेछ ।

छैटौँ दिन पनि श्रीलंकाकै स्थानीय घुमघाम गरी साँझ होटेल पुगिनेछ ।

सातौँ दिन होटेलमा ब्रेकफास्ट गरेर कोलम्बोबाट काठमाडौं फर्किनेछ ।

कान्तिपुर होलिडेजले यो सबै घुमघाम, एयरपोर्टको पिक अप तथा ड्रप लगायतका सबै सुविधा ९० हजार रुपैयाँमै उपलब्ध गराउने जनाएको छ । यसमा भिसा फी, सर्भिस चार्ज सबै समावेश रहेको जनाएको छ ।

आफ्नै तरिकाले घुमघाम गर्न चाहनेका लागि पनि कान्तिपुर होलिडेजले हवाई टिकट र भिसा लगायतका काममा सहजीकरण गर्ने जनाएको छ ।

श्रीलंका हुँदै थाइल्यान्ड घुम्ने पर्यटकले कम्तीमा एक रात भने श्रीलंकामा बिताएकै हुनुपर्नेछ ।

*infomercial content

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?