देश विकासका लागि श्रमदान अपरिहार्य छ : हर्क साम्पाङ

लोकपथ
14
Shares

सुनसरी । संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको बताएका छन् । 

धरान उपमहानगरका प्रमुख समेत रहेका उनले आज धरानमा पार्टीको घोषणापत्र तथा एजेन्डा सार्वजनिक गर्दै भने, ‘जनतालाई देश र माटोसँग जोड्नु आवश्यक छ । केवल योजनाबद्ध काम र बजेटमा निर्भर रहँदा विकास ढिलो हुन्छ । छिटो विकासका लागि श्रमदान अपरिहार्य छ ।’

श्रमदानबाट विकास गर्दा जनता आफैँ संलग्न हुने उनको भनाइ छ । देशको दिगो विकासलाई मध्यनजर गर्दै श्रम संस्कृति पार्टी स्थापना गरिएको उहाँले स्पष्ट पारे । अध्यक्ष राईले भने, ‘पार्टीको उद्देश्य केवल श्रमलाई मूल्याङ्कन गर्नु मात्र नभई, श्रम गर्ने श्रमिकलाई न्याय दिने प्रयास निरन्तर रहिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?