ओएन्डएम कार्यान्वयनमा आएसँगै सशस्त्रका प्राविधिक समूहका १ सय ९२ जनाको वृत्तिविकास सम्बोधन 

लोकपथ
2.2k
Shares

काठमाडौं । संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भई कार्यान्वयन भएसँगै सशस्त्र प्रहरी बल नेपालमा प्राविधिक समूहतर्फका करिब १ सय ९२ जना आधारभूत तहका सशस्त्र प्रहरी कर्मचारीहरूको वृत्तिविकासमा सम्बोधन हुने भएको छ । 

करिब १५/१६ वर्षसम्म एउटै दर्जामा रही कार्य गर्ने सबै प्राविधिक समूह, सञ्चार तथा इन्जिनियरिङतर्फका प्राविधिक सशस्त्र प्रहरी जवानहरूले बढुवा प्राप्त गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी मनिष थापाले बताए । 

संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०८२ स्वीकृत भएपश्चात् हाल संगठनको रिक्त रहेको २ हजार ८ सय भन्दा धेरै विभिन्न पदमा वृत्तिविकासको सम्बोधन हुन र संगठनले क्रमशः अन्य रिक्त पदहरूमा पनि बढुवा प्रक्रिया सुरु गरिसकेको उनले बताए । 

यसका साथै संगठनले आचरणविपरीत कार्य गर्ने र सामाजिक सञ्जालको दुरुपयोग गरी गैरजिम्मेवार अभिव्यक्ति सम्प्रेषण गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमानुसार कडाभन्दा कडा कारबाही गर्ने नीति समेत संगठनले अवलम्बन गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?