भारतमा नेपाली सवार बसमा आगलागी : ३ जनाको जलेर मृत्यु, २४ घाइते

लोकपथ
3.8k
Shares

काठमाडौं । नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको सुनौलीबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको यात्रुबस आगलागी हुँदा बसमा सवार ३ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार बस भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर आगलागी भएको थियो । मृत्यु भएका तीन जना जिउँदै जलेका थिए । मृतकहरूको अझै पहिचान हुन सकेको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार, ट्रकसँग ठोकिँदै बस १ सय मिटर परको हाई–टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो । त्यसपछि पोल भाँचिएर बसमा खसेको थियो । त्यसपछि भीषण आगलागी भएको थियो । 

बसमा ४५ जना यात्रु रहेकोमा धेरैजसो नेपालका रहेको जनाइएको छ । दुर्घटनापछि चालक र कन्डक्टरको अवस्था अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?