घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

लोकपथ
945
Shares

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

सोमबार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा कनिबेच भएको सुन मंगलबार घटेर २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । 

महासंघकाअनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार ५४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?