मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश

लोकपथ
805
Shares

काठमाडौं । सर्वोच्च अदालतले २४ घण्टा भित्र विश्वासको मत लिन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नाममा आदेश जारी गरेको छ ।

मुख्यमन्त्रीमा यादवको नियुक्ति गैरसंवैधानिक रहेको भन्दै बदर गर्न माग गर्दै ७३ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि सुनुवाई गर्दै २४ घण्टाभित्र विश्वासको मत लिन भनेको हो ।

त्यतिमात्र नभइ सर्वोच्चले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?