‘नियमित महाधिवेशनको मिति धकेल्न खोजिए विशेष महाधिवेशनमा जान्छौँ’

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले आज गरेको नियमित महाधिवेशनको कार्यतालिकालाई सम्भव बनाएर अघि बढ्न आग्रह गरेका छन् ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सम्पन्नपछि सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उनले पार्टीले गरेको निर्णय अनुसार महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

कांग्रेसको आज बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

लामो रस्साकस्सीपछि कांग्रेसले नियमित कार्यतालिका अनुसार महाधिवेशन गर्ने टुंगो लगाएको हो । तर महामन्त्री शर्माले भने पार्टीको कार्यतालिका केवल कार्यतालिकाका लागि मात्रै बनाइने र नियमित महाधिवेशन गर्ने मनसाय नराख्ने भएमा आफूहरु विशेष महाधिवेशनका लागि लाग्ने समेत दाबी गरे । आफूहरुले महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सुरक्षित राखेको बताउँदै नियमित महाधिवेशन हुन नसक्ने र नगर्ने मनसाय हाबी भएमा विशेष महाधिवेशन गर्नेगरी अघि बढ्ने बताए ।

‘निर्वाचनको तयारी र महाधिवेशनको तयारी एकसाथ गर्दै अघि बढ्नुपर्छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै राख्नुभएको हस्ताक्षर हामीले केन्द्रीय कार्यालयमा सुरक्षित तबरले राखेका छौँ । त्यसैले नियमित महाधिवेशन कसैले नगर्ने, नगराउने र हुँदैन भनेर कसैले अलमल गराउनुभयो भने र सभापतिजीले पनि नियमित महाधिवेशन तोक्नुभयो र सबैले तोक्न चाँही तोकियो तर हुँदैन भन्नुभयो भने स्पष्टताका साथ भन्नुपर्छ कसैले नियमित महाधिवेशन हुँदैन भन्नुहुन्छ भने उहाँले विशेष महाधिवेशन हुन्छ भन्ने दिशातिर आफूलाई लैजानुभयो भनेर बुझ्नुपर्छ,’ महामन्त्री शर्माले भने ।

त्यस्तै सभापति शेरबहादुर देउवाले अन्य राजनीतिक दलका शीर्ष नेताहरुले भन्दा फरक उदाहरण पेस गरेको भन्दै प्रशंसा गरे ।

आफूहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति गरेको संसद विघटन संविधानसम्मत नभएको भन्ने निर्णय गरिसकेको बताए ।

तर आफूहरुले अहिले निर्वाचनको माहोल बनिरहेका बेला त्यस विषयलाई उचाल्ने भन्दा पनि सर्वोच्च अदालतको निर्णय कुर्ने पक्षमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?