जेनजी आन्दोलनमा ‘कार्यालय र हतियार छाडेर भागेका’ सशस्त्रका डीएसपीमाथि कारबाही सिफारिस 

लोकपथ
5.3k
Shares

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा हतियार र कार्यालय जोगाउन नसकेको भन्दै सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि कारबाही सिफारिस भएको छ । नयाँ बानेश्वरस्थित सुरक्षा बेसका तत्कालीन इन्चार्ज डीएसपी गौतम कुँवरलाई कारबाहीका लागि सिफारिस भएको हो ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले गरेको आन्तरिक छानबिन समितिले उनलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको स्रोतको दाबी छ । सशस्त्र प्रहरी नियमावलीबमोजिम उनीमाथि कारबाहीको सिफारिस भएको पनि स्रोतको भनाइ छ ।

त्यसबेला उनको कार्यालयमा रहेको १४ थान एसएलआर हतियार प्रदर्शनकारीले जलाएको आरोप छ । प्रदर्शन सुरु भएलगत्तै उनी हतियार र कार्यालय छाडेर भागेकाले प्रदर्शनकारी सशस्त्रको बेसमा सहजै प्रवेश गरेका थिए । 

उनी सिसं ४ सशस्त्र प्रहरी निरीक्षक बेसिकका डीएसपी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?