नेकपा संयुक्तको कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसाललाई

लोकपथ
1.7k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को कार्यवाहक अध्यक्षको जिम्मेवारी घनश्याम भुसाललाई दिइएको छ ।

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

नेकपा एकीकृत समाजवादीको पुनगर्ठन अभियानले नेकपा संयुक्त नाम राखेर संयुक्तकै चुनाव चिह्न हँसिया राख्ने र चुनावमा जाने सहमति भएको थियो । खासगरी तत्कालीन एकीकृत समाजवादी पार्टी माओवादीसहितको वाममोर्चामा मिसिन गएसँगै भुसालसहितका असन्तुष्ट नेताहरुले एकीकृत समाजवादी पुनर्गठनको तयारी गरेका थिए । त्यसका लागि विभिन्न वाम शक्तिहरुसँग धु्रविकरणको तयारीमा भुसाल रहेका छन् ।

जोशीले सोमबार पत्रकार सम्मेलन गर्दै कम्युनिष्ट आन्दोलन अघि बढाउन युवाहरुले नेतृत्व लिनुपर्ने भन्दै आफूले जिम्मेवारी हस्तान्तरण गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?