काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई दोहा प्रहरीले पक्राउ गरेको छ । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । उन को साथबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएको जनाइएको छ ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया