केन्द्रीय समिति बैठकअघि सानेपामा कांग्रेसको पदाधिकारी बैठक

लोकपथ
392
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । केहीबेरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

आज दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ । त्यसअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकमा अगामी १५औँ महाधिवेशनको कार्यतालिका पेस गर्ने तयारी रहेको छ । आगामी पुसको अन्तिम साता महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने तयारी भइरहेको हो । त्यसो त त्यसअघि पदाधिकारी बैठकबाट १५औँ महाधिवेशनको कार्यतालिका पारित गरिनेछ ।

गत असोज २८ गतेबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले हालसम्म कुनै निर्णय गर्न सकेको छैन ।

महाधिवेशनको विषय पेचिलो बनेपछि कांग्रेस बैठक अनिर्णीत बनिरहेको छ । केही दिनदेखि सभापति शेरबहादुर देउवाकै सक्रियतामा पार्टीभित्रको विवाद फुकाउने गरी छलफल भइरहेको थियो । आइतबार देउवासँग शीर्ष नेताहरुको छलफलमा पुसको अन्तिम साता महाधिवेशन गर्नेगरी कार्यतालिका पेस गर्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?