काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा सहमतिको संकेत देखिएको छ ।
आगामी पुसको अन्तिम साता कांग्रेसको १५औँ महाधिवेशन नियमित ढंगबाट गर्नेगरी सहमतिको नजिक नेताहरु पुगेका हुन् ।
आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा शीर्ष नेताहरुले छलफल गरेका थिए । बैठकमा खड्कासहित महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा नेताहरु रमेश लेखक र मीन विश्वकर्म रहेका थिए ।
बैठकमा पुसको मसान्तभित्र महाधिवेशन गर्ने कार्यतालिका सोमबार बस्ने केन्द्रीय समिति बैठकमा लैजाने निर्णय भएको बैठकमा सहभागि प्रचार विभागका प्रमुख समेत रहेका नेता मीन विश्वकर्माले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार सभापति शेरबहादुृर देउवाको चाहना बमोजिम नै सो प्रस्ताव लैजाने निर्णय र सहमति भएको हो ।
‘पुसको मसान्तमा महाधिवेशन गर्नेगरी सहमतिको हामी नजिक छौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा त्यो प्रस्ताव पेस हुँदैछ,’ उनले लोकपथसँग भने ।
त्यसो त कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । खासगरी संस्थापन र इतर समूहबिच निर्वाचन अघि या पछि महाधिवेशन गर्ने भन्ने विवाद देखिएको छ । जसकारण डेढ महिनादेखि जारी केन्द्रीय समिति बैठक अनिर्णित बन्न पुगेको थियो ।
पुस मसान्तमा कांग्रेस महाधिवेशन पक्कापक्की, भोलि प्रस्ताव पेस गरिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया