बाजुरा । आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रबिन्दु भएर ४।४ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सैपाल हिमाल क्षेत्र केन्द्रबिन्दु बनेको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा पनि महसुस गरिएको छ ।
पछिल्ला दिनमा पश्चिमी क्षेत्रमा भूकम्प आउने क्रम बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पीय रूपमा उच्च जोखिममा पर्ने सुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरालगायत क्षेत्रका स्थानीय आजको धक्का पछि झनै सतर्क बनेका छन् ।
भूकम्पको धक्का महसुस गरिएसँगै जिल्ला प्रशासन कार्यालय बाजुराले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले विपद् कुनै पूर्व सूचना बिना आउने भएकाले भूकम्पसहितका प्राकृतिक विपद्बाट जोगिन सचेत रहन जोड दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया