चारवर्ष पुरानो तरकारी बजारमा अब नयाँ व्यवस्थापन

बनेपा, २२ कात्तिक । चार वर्षअघि बनेपा जिल्लामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ तरिकाबाट सञ्चालन गर्ने भएको छ काभ्रे कृषि बजार मल्टी पर्पोज प्रा.लि.ले आयोजना गरेको पत्रकार भेटघाटका क्रमम कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ नौ रोपनी क्षेत्रफमा रहेको उक्त तरकारी बजारमा १ सय २३ वटा स्टल रहेको छ । ४१ जनाको शेयर सदस्य रहेको मल्टी पर्पोज प्रा.लि.ले तरकारी बजारका लागि तीन करोड ५० लाख लगानी गरेको सो प्रा.लि.का अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए सो तरकारी बजारमा वार्षिक ३० अर्बको कारोबार हुने उनले जानकारी दिए । कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य सिधै पाउने र बिचौलियालाई विस्तापन गरिने योजना बनाइने उनले बताए त्यसैगरी, काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला, पनौती, ढुंखर्क, रविओपी, सिपाली, रोशी, मंगलटार, पाँचखाल, मण्डनदेउपूरलगायत ठाउँबाट बजारमा दैनिक तरकारी संकलन हुने गरेको छ संकलन गरिएको तरकारी स्थानीय बजार हुँदै कालीमाटी, बल्खुलगायत ठाउँमा पुग्ने गरेको छ । कृषि बजारमा दैनिक १० टन तरकारी संकलन हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?