विभाजन भएको चार वर्षपछि गैर आवासीय नेपाली संघको एकता घोषणा 

लोकपथ
175
Shares

काठमाडौं । विभाजन भएको चार वर्षपछि गैरआवासी नेपाली संघ (एनआरएनए) को वृहत् एकता घोषणा गरिएको छ ।  

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार संघको एकता घोषणा गरिएको हो । विभाजित संघमा अध्यक्ष द्वय डा.बद्री केसी र महेश श्रेष्ठले एकताको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । १०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजनमा पुगेको थियो ।

१० औँ र ११ औँ महाधिवेशनमा निर्वाचित भएका दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाधिवेशन गर्नको लागी अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दा मामिला फिर्ता गर्ने, सदस्यता वितरणको लागी समय थप गर्ने लगायतका सहमति भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?