प्रदेश सांसद घिमिरे एमाले महाधिवेशन प्रतिनिधि निर्वाचनमा पराजित

लोकपथ
2.3k
Shares

अर्घाखाँची । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि अर्घाखाँचीमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे पराजित भएका छन् ।

निर्वाचन कमिटीका अनुसार कुल ३ हजार ६५० मतमध्ये पुरुष खुल्लातर्फ पिताम्बर भुसाल ३ हजार १८७ मतसहित विजयी भएका छन् । रामजीप्रसाद घिमिरे १ हजार ९८० मतले पछि परेका छन् ।

यसैगरी वसन्तकुमार श्रेष्ठ २ हजार ८४१, रेशम थापा २ हजार ७७०, शम्भु प्रसाद पोख्रेल २ हजार ७४३, तेज प्रसाद खनाल २ हजार ५३३ र कमलप्रसाद घिमिरे २ हजार ४४४ मतसहित निर्वाचित भएका छन् । प्रेमनारायण गैरे १ हजार २६५, रामजीप्रसाद घिमिरे १ हजार २०७ र श्रीकृष्ण भुसाल १ हजार ८८ मतसहित पराजित भएका छन् ।

महिला खुलातर्फ दिपा आचार्य ३ हजार ३७, विष्णुमाया आचार्य २ हजार ९९३, लक्ष्मी गौतम २ हजार ९१० र सुषमा श्रेष्ठ २ हजार ८६३ मतसहित विजयी भएकी छन् । गीता भाट क्षेत्री १ हजार ११८ मतसहित पराजित भएकी छन् ।

युवा खुलातर्फ तेजबहादुर रायमाझी र दलित तर्फ लीलबहादुर बिक तथा आशा परियार निर्विरोध रूपमा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?