विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक  आज बस्दैछ । सिंहदरबारस्थित समितिको सभा कक्षमा साढे ११ बजे बस्न लागेको हो ।

बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप) का विगतका निर्णय तथा सम्झौताको कार्यान्वयनको अवस्था, प्रगति, साथै आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप ३०) को समीक्षा गरिनेछ ।

समितिका सदस्यहरूले बैठकमा जलवायु परिवर्तनका मुद्दामा नेपालले गर्दै आएको तयारी र रणनीतिबारे छलफल गर्ने अपेक्षा गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?