श्रीलंकामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १५३ पुग्यो , सयौँ बेपत्ता

लोकपथ
343
Shares

काठमाडौं । श्रीलंकामा चक्रवात ‘दिट्वा’का कारण आएको भीषण बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ । श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिबार साँझसम्म मृत्यु हुनेको संख्या १५३ पुगेको जनाएको छ ।

देशभर खोज तथा उद्धार कार्यलाई तीव्र पारिएको छ भने १९१ जना अझै बेपत्ता छन् ।

चक्रवातका कारण २ लाख १७ हजार २६३ परिवारका ७ लाख ७४ हजार ७२४ जना प्रभावित भएका छन् । प्रभावित परिवारमध्ये २७ हजार ४९४ परिवारका १ लाख ८९८ जना अहिले ७९८ निकासी केन्द्रहरूमा आश्रय लिइरहेका छन् ।

अत्यधिक वर्षा, बाढी र पहिरोबाट सबै जना सतर्क रहन श्रीलंकाली अधिकारीहरूले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?