काठमाडौं । काठमाडौंबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३.४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेसनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।
चरा ठोक्किँदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चिएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया