राप्रपाका शीर्ष नेताहरू आज साँझ प्रधानमन्त्री कार्कीसँग भेट गर्दै, ध्यानाकर्षण पत्र बुझाउने

लोकपथ
105
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेताहरू आज साँझ प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ताका लागि बालुवाटार जाँदै छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोली प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटारजना लागेका हुन् । अध्यक्ष लिङ्देनसँगै पार्टीका उपाध्यक्ष, महामन्त्री तथा प्रवक्ता मोहन श्रेष्ठसमेत भेटवार्ता टोलीमा रहने राप्रपाले जनाएको छ ।

पार्टीका माग, समसामयिक राजनीतिक अवस्थाबारे र सरकारसँग समन्वय आवश्यक रहेका विषयमा प्रधानमन्त्रीसँग ध्यानाकर्षण गराउने उद्देश्य भेटवार्ताको मुख्य एजेन्डा रहेको बताइएको छ ।

राप्रपाका अनुसार आजको भेटले सरकार र पार्टीबिचका असमञ्जस हटाउन तथा आगामी राजनीतिक प्रक्रियामा सहकार्यका सम्भावित मार्गहरू खोज्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?