धनकुटामा एमाले महाधिवेशन प्रतिनिधि चयनमा विवाद, असन्तुष्ट समूहले गर्यो निर्वाचन बहिस्कार

लोकपथ
812
Shares

विराटनगर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयन भन्दै धनकुटामा देखिएको आन्तरिक विवादले निर्वाचन नै बहिस्कारसम्म पुगेको छ ।

प्रतिनिधि छनोटमा एकलौटी गरिएको आरोप लगाउँदै असन्तुष्ट समूहले आज भएको निर्वाचन प्रक्रिया बहिस्कार गरेका हुन् ।

बहिस्कार घोषणा गर्नु अघि केही मतदान केन्द्र (बुथ) मा असन्तुष्ट समूहले तोडफोडसमेत गरेको हो । एमालेले सर्वसम्मत हुन नसकेका स्थानमा आज निर्वाचन गर्ने निर्णय गरेअनुसार धनकुटामा मतदान प्रक्रिया सुरु भएको थियो।

जिल्लामा नेता राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्षबिच दुई समूह बनेका कारण वातावरण अझ तन्किएको हो । इन्द्रमणी समूहले मतदातालाई जानकारी नै नदिई ‘एकलौटी शैलीमा निर्वाचन गरियो’ भन्दै आपत्ति जनाउँदै सम्पूर्ण प्रक्रिया अमान्य रहेको दाबी गरेको छ ।

समस्या समाधानका लागि स्थानीय नेतृत्व र केन्द्रीय प्रतिनिधिहरूले समन्वय गर्ने प्रयास जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?