किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य तय, कहिलेदेखि हुन्छ लागू ?

लोकपथ
420
Shares

चितवन । चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । 

आजदेखि लागू हुने गरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको संघले जनाएको छ ।

शुक्रबार बसेको नेपाल लेयर्स कुखुरापालक संघको बैठकले नेपाली अण्डा उत्पादन तथा बजारीकरणबारे छलफल गर्दै आजदेखि लागू हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । 

किसानको फार्म लागतलाई आधार मानेर जारी गरिएको मूल्य सूचीअनुसार यसको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । 

नयाँ दरअनुसार अति ठुलो (एक्स एल) अण्डा प्रतिक्रेट (३ वटा)  ५६०, ठुलो अण्डा   ५४५, मिडियम अण्डा  ५३० र सानो अण्डा प्रतिपेटी  ३२५० रहेको छ ।

अध्यक्ष पोखरेलका अनुसार अघिल्लो मूल्यभन्दा प्रतिक्रेट रु ४० ले वृद्धि भएको हो । 

भारतमा निर्वाचनका कारण सिमानामा कडाइ बढ्दा त्यहाँको अण्डा महँगो भएको र अवैध रूपमा नेपाल आउने मार्ग बन्द भएपछि नेपाली अण्डाले उचित मूल्य पाएको बताए। 

उनका अनुसार जाडो महिनामा अण्डाको खपत स्वभाविक रूपमा बढ्ने गर्छ । पोखरेलले भने, ‘चिसोमा अण्डा खानुपर्छ भन्ने जनचेतना बढेकाले माग पनि बढेको छ ।’

गत साउनमा पनि  ५६० नै मूल्य पुगेको अण्डा त्यसपछि क्रमशः घट्दै गएको थियो । हाल फेरि क्रमशः वृद्धि हुँदै किसानले लागत उठाउन सक्ने अवस्थामा पुगेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?