चितुवाको आक्रमणमा ६६ वर्षीया महिलाको मृत्यु

लोकपथ
119
Shares

काभ्रेपलाञ्चोक । रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँ बाङ्गेसल्लामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टका अनुसार, थानसिङ्गे साइँली भनेर चिनिने ६६ वर्षीया गंगामाया तामाङको गए राति चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घटनास्थलमा गंगामायाको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन र थप अनुसन्धान गर्न टोली घटनास्थलमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयले स्थानीयवासीलाई सतर्क रहन र सुरक्षित क्षेत्रमा बसोबास गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?