महोत्तरी। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते जलेश्वर कारागार तोडेर भागेका कैदीबन्दीमध्ये २७३ जना अझै फरार रहेका छन् । कुल ५७६ मध्ये ३०३ जना स्वेच्छाले कारागार फर्किसकेका हुन् ।
जेलर अशोककुमार क्षेत्रीका अनुसार कैदी फर्किने क्रम जारी छ । कारागार प्रशासनले भदौ २५ गते नै सबै फरार कैदीबन्दीलाई स्वेच्छाले फर्किन आग्रह गरेको थियो । फर्किन आनाकानी गर्नेहरूमाथि कारागार ऐन २०७९ तथा विद्यमान कानुनअनुसार कारबाही हुने जेलर क्षेत्रीले चेतावनी दिए । त्यस्तै, फरार कैदीलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिमाथि पनि कानुनी कारबाही हुने उनले बताए ।
भागेका मध्ये १३ जनालाई भारततर्फ फरार हुँदै गर्दा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए । बाँकी फर्किएका कैदीहरू स्वेच्छाले आएको जेलर क्षेत्रीले बताए ।
फरार कैदीहरूको खोजतलास भइरहेको तथा सुरक्षा निकायलाई सतर्क रहन भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया