नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा

लोकपथ
238
Shares

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज लुम्बिनी प्रदेशअन्तर्गत दाङ, देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ । पार्टी गठनपछि देशभर एकता सन्देश सभा गर्ने योजना अनुसार आज लमहीमा सभा हुन लागेको हो ।

लमही बजारभित्रको बगैँचामा आयोजना हुने सभाका लागि तयारी तीव्र रहेको आयोजकले जनाएको छ । प्रदेशभरका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता लमही आइपुग्ने क्रम जारी छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एससहितका दर्जनौँ घटक मिलेर बनेको नेकपा हाल देशभर सांगठनिक विस्तारको अभियानमा छ । सोही अभियानअन्तर्गत शुक्रबार धनगढीमा पनि पार्टीले एकता सन्देश सभा सम्पन्न गरिसकेको छ ।

आजको सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, भीम रावल, वर्षमान पुनलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?